पोर्न साइट हेर्ने किशोरहरुमा यौन विकृति बढ्ने गरेको छ । आजकलका बालक र किशोरहरुले पोर्न साइट हेर्नु सामान्य विषय बनेको छ । उक्त साइट हेरेका उनीहरुले यौनजन्य अपराध गर्न सक्ने खतरा बढेको हो । किशोरले पोर्न साइड हेर्ने यस्तो समस्या भएको छ कि, बढ्दै गरेका बच्चाका बाबु आमाको टाउको दुखाईएको विषय बनेको छ । उनीहरुलाई बच्चालाई कसरी, कहाँ र कहिलेसम्म यस्ता तस्वीर र दृश्य हेर्न रोक लगाउने भन्ने पिरलो छ । किनकी आजभोलीका बच्चाहरुसँग इटरेनट कनेक्सन सहितको कम्प्युटर छ, स्मार्टफोन छ । त्यसैले उनीहरुले लुकीछिपी यस्ता साइट हेर्ने गरेका छन् । अहिलेसम्म कति बालबालिका इन्टरनेटको पहुचमा रहेर पोर्न फिल्म हेर्छन भन्ने यकिन तथ्यांक भने कतै सार्वजनिक गरिएको छैन् ।

सन् २०११ मा युरोपमा गरिएको एक सर्वेक्षणका अनुसार १६ बर्षको उमेरका एक तिहाइ बालबालिकाले पोर्न तस्वीर हेर्ने गरेका थिए । जसमध्ये ११ प्रतिशत यस्ता थिएकी उनीहरुले इन्टरनेटबाटै यस्ता तस्वीर र भिडियोहरु डाउनलोड गरेका थिए । यू गाँवले गरेको सर्वेक्षणका अनुसार १६-१८ सालका किशोरहरु मध्ये एक तिहाइले पोर्न फिल्महरुले हेर्ने र ति भिडियो आफ्नो मोवाइलमा राख्ने गरेको पाइएको थियो ।

बि्रटेनको एक ‘नेशनल एशोसिएसन अफ हेड टीचर्स’ देशमा पाठ्यक्रमभित्र पार्नोगाफि पाठ्यक्रक राख्ने विषयमा बहस गर्नुपर्ने निष्कर्ष निकालेको छ । उनीहरुले १० बर्षको उमेरमै सेक्सका बारेमा सकारात्मक र नकारात्मक असरका बारेमा जानकारी दिईसक्नुपर्ने सुझाव दिएको छ ।